संसदमा सत्ता साझेदार राप्रपा सांसद शाहीको प्रश्न - यो देशमा सरकार छ या छैन ?
फाइल तस्बिर

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले देशमा सरकार भएको आभास नभएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘यो देशमा सरकार छ या छैन ?,’ प्रश्न गर्दै उनले भने, ‘यदि सरकार छ भने प्रधानमन्त्री निवासभन्दा जम्मा ३ किलोमिटर अगाडि दिनदहाडै लुटपाट हुन्छ । प्रहरी निकम्मा भएर हेरिरहेको छ ।’

उनले तत्काल गृहमन्त्री चयन गर्न समेत आग्रह गरे । उनले भने, ‘करोडौँ लगानी गरेका व्यववसायी किन डुब्दै छन् । यदि सरकार छ भने हामीले मजदुरका लागि किन ऐन बनाउँदैनौँ । यदि सरकार छ भने यो देशमा गृहमन्त्रालयको संन्यत्र छ तर गृहमन्त्री किन खाली ? प्रधानमन्त्रीले नै सबै मन्त्रालय लिने हो भने अन्य मन्त्रालय किन चाहियो ?’





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १२:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया