रणवीर सिंहले भने– अहिले त म बच्चै छु, ठूलो हुन बाँकी नै छ

एजेन्सी— यस वर्ष बलिउड अभिनेता रणवीर सिंहका लागि खुसीको वर्ष हो । उनले फिल्म ‘गली ब्वाय’बाट राम्रो प्रशंसा पाइरहेका छन् । केही समयपछि उनले काम गरेको क्रिकेटर कपिल देवको बायोपिक ८३ पनि आउँदैछ । कबिर खानले यो फिल्मको नाम ८३ किन राखेका हुन् भने कपिल देवको कप्तानीमा भारतले सन् १९८३ मा विश्वकप क्रिकेटको ट्रफी उचालेको थियो ।

कपिलको क्रिकेट जीवनमा यसलाई नै सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । कपिलकी पत्नी रोमा देवको भूमिकामा यो फिल्ममा रणवीरकी रियल लाइफ पत्नी दीपिका पादुकोण हुनसक्ने चर्चा पनि छ । 

जे होस्, अहिले रणवीर निकै व्यस्त छन् । गली व्वायको केही दिनअघि प्रमोसन गर्दा चाहिँ रणवीरले अचानक आफ्ना फ्यान्स भएको ठाउँमा पुगेका थिए । उनको यो फोटो भाइरल भएपछि उनले यसबारे भारतीय मिडियासँग अन्तर्वार्तामा बताएका छन्, ‘म अहिले मनले बच्चै छु, अब सिक्दै जानेछु, ठूलो हुन बाँकी छ, ठूलो हुनेछु ।’

१४ फ्रेबुअरीमा रिलिज भएको उनको फिल्मले बक्स अफिसमा राम्रो गरिरहेको छ । फिल्ममा उनका साथै आलिया भट्ट, कल्की कोचिनलगायत छन् ।
 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १७:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया