राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि सचिवालय बैठक आह्वान गरेको छ । 

एमालेले फागुन १३ गते बिहान ९ बजेका लागि बैठक बोलाएको हो । आगामी १३ गते राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ । 

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनमा मिलेर जान सहमति नजिक पुगेका छन् । आजै पुरानो गठबन्धनको बैठक बसेर सो विषयमा छलफल गर्ने तयारी गर्दै छन् । 

एमलेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामै राष्ट्रपति आफूले पाउने सहमति गरेको दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति चयन राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने खडान लिँदै आएका छन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १९:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया