वीरेन्द्र कर्णको नेतृत्वमा कराते महासंघ धनुषाको तदर्थ समिति गठन

वीरेन्द्र कर्णको नेतृत्वमा नेपाल कराते महासंघ धनुषा जिल्लाको तदर्थ समिति गठन गरिएको छ । धनुषाका करातेकर्मीको भेलाले जिल्लाका वरिष्ठ प्रशिक्षक तथा मधेस प्रदेश प्रमुख रामचन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न बैठकले कर्णको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । 

महासंघको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाषकुमार शर्मा र कोषाध्यक्षमा शिवशंकर यादव चयन भएका  छन् ।

सदस्यमा इसराफुल राईन र राजकुमार साह तथा सल्लाहकारमा सुभाष पाठक रहेका अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै, प्रदेश प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १३:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया