एमाले नेता पौडेलको दाबी : क्वात्राले हेग लैजाने धम्की दिएपछि प्रचण्ड कांग्रेसको पछि लागे

नेकपा एमालेका एक नेताले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन् । एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोतम पौडेलले प्रधानमन्त्री दाहाललाई भारतीय विदेश सचिव विनयमोहन क्वात्राले हेगमा मुद्दा उठाइदिने धम्की दिएपछि प्रचण्डले एमालेसँग गठबन्धन तोडेर कांग्रेसको पछि लागेको आरोप लगाएका हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री प्रचण्डले भारतसँग डराएर एमालेसँगको पुस १० को सम्झौता तोडेर कांग्रेसलाई राष्ट्रपति दिएको बताए ।

नेकपा एमाले सरकार र शक्तिमा हुँदा भारतलाई ‘कम्फरटेबल’ नहुने भएकाले भारतकै इशारा अनि धम्कीमा प्रचण्डले एमालेसँग सहकार्य तोडेर कांग्रेससँग सहकार्य गर्न पुगेको उनको दाबी छ । क्वात्राले प्रचण्डलाई भारतले भनेअनुसार नगरे हेगमा पुर्याउने धम्की दिएको उनको भनाइ थियो ।
 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार २२:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया