एमाले नेताहरू पुगे एकीकृत समाजवादीको कार्यालयमा

नेकपा एमालेका नेताहरू एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् । राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सघाउन अनुरोध गर्न नेताहरु आलोकनगर पुगेका हुन् ।

एमाले उपाध्यक्ष द्वय सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, उपमहासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङलगायत नेताहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित कार्यालय पुगेका हुन् ।

यसअघि कुनै एमाले नेताहरू आधिकारिक भेटका लागि एकीकृत समाजवादीको कार्यालय पुगेका थिएनन् । भेटमा राष्ट्रपतिमा आफूलाई सहयोग गर्न उनिहरूले आग्रह गरेको बताइएको छ । 

राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ भिड्दैछन् । 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १२:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया