ओली भन्छन्- एमालेको गन्तव्य समृद्ध नेपाल सुखी नेपाली हो, यो पार्टी देश बनाउन म्याराथनमा कुद्छ
फाइल फाेटाे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताए ।

‘खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्’, उनले भने । अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरे । उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथनमा कुद्ने बताए । अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभइ समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराए ।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताए । उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताए । उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डोर्याउने काममा महासङ्घले गर्नुपर्ने बताए । 

उनले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताए । महासङ्घको हालै विराटनगरमा भएको दोस्रो राष्ट्रिय अधिवेशनले परशुराम बस्नेतको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो । 





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार २०:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया