उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध अष्टलक्ष्मीको उजुरी

नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । 

यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् ।

संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । 

जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७९ शनिबार १८:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया