रानाथारू समुदायले आज खखडेहरा पर्व मनाउँदै, कैलाली-कञ्चनपुरमा सार्वजनिक बिदा

रानाथारू समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदासमेत दिएको छ ।

यसअघि १ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी ३० फागुनमा नै सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।   

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले होरी (होली) को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । रानाथारू समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो । 





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार ७:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया