गठबन्धनले महिला अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेकाे ओलीकाे आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सबल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको दाबी गरेका छन् । पार्टीबाट निर्वाचित सांसद्हरूलाई अभिमुखीकरण प्रदान गर्दै एमाले अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । 

१० दलीय गठबन्धनले महिलाको अधिकार खोस्न,संविधानलाई मिच्न निर्वाचन आयोगलाई प्रयोग गरेको उनको आरोप छ । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ।  

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । उनले भने,‘जित्ने सम्भावना छ । जित्ने कारणको अहिले चर्चा नगरौं । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो ।' 

गठबन्धनभित्र अनेक प्रकारका समस्या रहेकाे भन्दै ओलीले यो गठबन्धनले महिलाका हक अधिकार हरण गर्न लागेकाे बताए । 





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १७:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया