माओवादी कोसी प्रदेशका संसदीय दलका नेता आङ्बोमाथि आक्रमण, हत्याको धम्की
फरकधार / ७ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

कोशी प्रदेश नामाकरणको विरोधमा रहेका​ आन्दोलनकारीले सो प्रदेशका माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमण प्रयास गरेका छन् । 



हिजो मात्र मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।



ताप्लेजुङमा माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास गरेका हुन् । 



आक्रमणबाट गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । आन्दोलनकारीले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् ।



बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासि ढुंगा हान्दै नाराबाजी गरेका थिए ।





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १६:११:५२,   अन्तिम अपडेट : चैत ७, २०७९ मंगलबार १६:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया