प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी, तीनजना पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेकोमा कुरा राख्न खोज्दा प्रहरीले ती युवालाई पक्रिन खोजेपछि उनी विरोधमा उत्रिएका हुन् ।
उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एकजना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यहीबीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १७:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया