स्ववियु निर्वाचन : ४४ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियुको अग्रता कायमै

त्रिभुवन विश्वविद्यालयमा यही ५ चैतमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अहिलेसम्म ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । 

अहिलेसम्म देशभरका ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अब १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी  छ ।

त्रिविबाट प्राप्त विवरणअनुसार नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सर्वाधिक १९ क्याम्पसको सभापति जितेको छ ।

त्यस्तै, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) १८, अखिल क्रान्तिकारी चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघले एक क्याम्पसमा जित हात पारेका छन् ।

अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ । त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ ।  





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ८:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया