आरजुलाई गोकुलको चुनौती : उपचुनावमा बैशाखीबिना कांग्रेस उम्मेदवार उठाएर देखाउनुहोस्

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई आगामी उपनिर्वाचनमा गठबन्धनबिना कांग्रेस उम्मेदवार उठाएर देखाउन चुनौती दिएका छन् ।  

मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिएका बास्कोटाले आरजुलाई ट्विटमार्फत् चुनाैती दिएका हुन् ।

‘म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु । लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चारतारे उम्मेदवार उठाएर देखाउनुस् त,’ बास्कोटाले लेखेका छन् । 

शनिबार काभ्रे पुगेर आरजुले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिइन् । त्यसको जवाफमा उनले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको पनि जवाफ फर्काएका छन् ।  





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ७:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया