राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारवटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
त्यस्तै, बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।