कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदै छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले आज दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनले गत ६ माघमा पहिलोपटक विश्वासको मत लिएका थिए । 

शर्मा १० पुसमा एमालेसहितको गठबन्धन बन्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  

नेकपा एमालेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार निर्माणका लागि २१ जना सांसद आवश्यक पर्दछ ।

एमालेको समर्थन रहँदा शर्माको पक्षमा २४ जना सांसद छन् । कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक/एक सांसद रहेका छन् ।   





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १०:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया