प्राज्ञिक विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा हुँदै

धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन हुँदैछ । भोलि शनिबार देखि सुरु हुने अधिवेशनको तयारी पुरा भएको परिषद्ले आज शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सुदूरपश्चिममा प्रदेशमा पहिलो पटक हुन लागेको अधिवेशन यही चैत २० गते सम्म हुनेछ । ‘आत्मनिर्भर अर्थतन्त्र भ्रष्टाचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन’ भन्ने नारासहित हुन लागेको अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधिहरू सहभागी हुने परिषद्का महासचिव छितराज न्यौपानेले बताए । धनगढीको ओम पार्टी प्यालेसमा हुन लागेको अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।

अधिवेशनमार्फत देशको वर्तमान शैक्षिक परिदृश्य एवं वर्तमान शैक्षिक अवस्थाको सुधारका लागि शैक्षिक प्रस्ताव पारित गरिनेछ । त्यस्तै देशको वर्तमान सामाजिक, आर्थिक अवस्था र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी प्रस्ताव पारित गरिने जनाएको छ । 

अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथि महालेखापरीक्षक टंकमणि शर्मा रहनेछन् भने समापन समारोहमा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ । हरेक दुई वर्षमा हुने अधिवेशनबाट नयाँ  राष्ट्रिय कार्यसमिति चयन हुने परिषद्का अध्यक्ष कृष्ण हुमागाईँले जानकारी दिए । 

नवौँ राष्ट्रिय अधिवेशनमा पूर्व गभर्नर चिरञ्जीवी शर्मा, रमेश कँडेल प्रमुख वक्ता रहने प्राज्ञिक परिषद्ले जनाएको छ । अधिवेशनमा शिक्षक नीरजकुमार साहलाई ‘राष्ट्रिय पृथ्वी युवा प्रेरणा’ पुरस्कार प्रदान गरिनेछ । परिषद्को यस अघिको ८ औँ अधिवेशन विराटनगरमा सम्पन्न भएको थियो । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १५:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया