थ्री नेसन्स कप फाइनल : बराबरीमा सकियो पहिलो हाफ

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र लाओसले प्रतिस्पर्धा गरिरहेको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको हो । 

लाओसले १७ अ‍ौं मिनेटमा सुरुआती अग्रता लियो । उसका लागि फोउचाङभोङ साङ्भिले गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि उनले गोल गरे ।

२२ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो ।  

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर प्राप्त गर्ने छन् ।   





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १८:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया