नेकपा सचिवालयले गर्याे सांगठनिक एकता कार्यदल खारेज, बाँकी काम आफैं गर्ने

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकताका लागि स्थायी समितिले गठन गरेको कार्यदल केन्द्रीय सचिवालयले खारेज गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदललाई खारेज गरेको हो । 

कार्यदललाई अहिलेसम्म गरेका कार्यप्रगतिका लागि धन्यवाद दिँदै सांगठनिक एकताको बाँकी काम सचिवालयले नै गर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता नाराण्काजी श्रेष्ठले भने, ‘कार्यदलाई आफ्नो प्रगति विवरणको निम्ति धन्यवाद दिएर बिदा दिइयो । सांगठनिक एकीकरणको बाँकी काम सचिवालयले नै गर्ने भन्ने निर्णय भयो ।’

पार्टी एकताका लागि पुस १२ गते बसेको पार्टी स्थायी समितिले कार्यदल गठन गरेको थियो । स्थायी समितिको १३ पुसको बैठकले विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग र बाँकी रहेका कमिटीहरूको एकता टुंग्याउन सचिवालय सदस्य एवं गृहमन्त्री  रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलमा रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल रहेका थिए ।
 





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १२:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया