पाकिस्तानी खेलाडीलाई भिजा नदिएपछि ओलम्पिककाे कारबाहीमा भारत

एजेन्सी – भारतमा भइरहेको सुटिंग वल्र्ड कपका लागि पाकिस्तानी खेलाडीलाई भिजा नदिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले भारतलाई कारबाही गरेको छ । 

समितिले सरकारको तर्फबाट लिखित आश्वासन नमिलेसम्म आगामी दिनमा भारतमा आयोजित हुने ओलम्पिकसँग जोडिएका सबै खेल स्थगित गरेको छ । 

स्विट्जरल्यान्डको लौसानमा भएको ओलम्पिक कार्यकारी समितिको बैठकमा यो फैसला गरेको हो । 

भारतमा भइरहेको सुटिंग वर्ल्ड कपमा पाकिस्तानका दुई सुटर्स जिएम बशिर र खलिल अहमद २५ मिटर र्यापिड फायर इभेन्टमा सहभागी हुनेवाला थिए । तर भारतले उनीहरुलाई भिजा दिएन् । यसको विरुद्ध नेशनल राइफल एसोसिएसन अफ पाकिस्तानले आइओसीमा उजुरी गरेको थियो । 

जम्मु काश्मिरको पुलवामा १४ फेब्रुअरीमा सिआरपिएफमाथि भएको आक्रमणमा ४० सैनिकको मृत्यु भएको थिए । यसको जिम्मा पाकिस्तानको आतंकवादी संगठन जैस ए मोहम्मदले लिएको थियो । यसपछि भारत सरकारले पाकिस्तानमाथि कारबाही गर्ने निर्णय गरेको थियो । यसकारणले पाकिस्तानी खेलाडीलाई भिजा दिएन् ।

आइओसीले आयोजक देशले आफ्ना देशमा आउने सबै खेलाडीलाई कुनै पनि राजनीतिक हस्तक्षेपबिना निष्पक्ष र समान रुपमा प्रतियोगितामा सहभागी हुने अवसर दिनुपर्ने बताएको छ । भारतीय एनओसी, आइओसी र आइएसएसएफले जति प्रयास गरेपनि पाकिस्तानी खेलाडीलाई भारत ल्याउन कुनै पनि उपाय नभेटिएको आइओसीको भनाइ छ । 



आइओसीका अनुसार यो भेदभावसँग सम्बन्धित आइओसीको मूल चार्टरविरुद्ध रहेको छ । आइओसी कार्यकारी बोर्डले भारतमा आगामी दिनमा कुनै किसिमका ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताको आयोजना नहुने गरी पूर्णरुपमा स्थगित गरेको छ । 

इन्टरनेशनल सुटिंग फेडेरेसनले यो वर्ल्ड कपबाट ओलम्पिक कोटा हटाएको छ ।  याे इभेन्टकाे ओलम्पिकमा १६ कोटा हुन्थ्यो । यो भारतीय खेलाडीका लागि ठूलो झट्का हो । किनकी भारतलाई १४ कोटा मिल्न सक्थ्यो । 



  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १३:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया