थ्री स्टार क्लबले जित्यो खप्तड गोल्डकपको उपाधि

छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । 

कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । 

थ्री स्टारलाई उपाधि दिलाउन ब्रिकम लामा र अनिल महर्जनले गोल गरे । खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किकमार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । 

फाइनल खेलको ‘एसपिए म्यान अफ दी म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले १० हजार पुरस्कार पाए ।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ । विधागत तर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चश्व रह्यो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान विक्रम लामा बने । उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट  प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे । 



यस्तै, उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधि गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । सुदूरपश्चिम–११ का दीपेन्द्र मलासी उदयमान खेलाडी चुनिए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । 

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको यस प्रतियोगितालाई सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो । प्रतियोगिताको समापन समारोहका मुख्य अतिथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले विजेतालाई नगद र ट्रफी प्रदान गरेका थिए । उनले प्रदेश सरकारको नियमित कार्यक्रमका रुपमा यस प्रतियोगितालाई लगिने बताएका थिए ।



आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार २०:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया