‘बहाव’ फिल्म हेर्ने एक जोडी दर्शकलाई थाइल्यान्ड टुरकाे अफर

सुरक्षा पन्त र कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’ को प्रदर्शन मिति नजिकिँदै गएपछि निर्माण युनिट फिल्म प्रचारमा व्यस्त छन् । यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको निर्माण पक्षले फिल्म प्रमोसनका लागि दर्शकलाई लक्षित गर्दै थाइल्याण्डको प्याकेज टुरको योजना ल्याएको छ । 

केही दिनअघि मात्र फिल्मको एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो । निर्माता श्रीधर पौडेलका अनुसार पुरस्कार जित्नका लागि फिल्म ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिनेछ ।

खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक भाग्यशाली व्यक्तिले एम डि होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन । साथै खल्ती एपबाट टिकेट काट्दा प्रोमोकोडः बहाव प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्ता  समेत प्राप्त गर्न सक्ने छन । 

एमडी होलिडेजकी प्रमुख विनिता त्वयनाले फिल्म प्रमोसनमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै उत्कृष्ट सेवा दिन आफूहरु उत्सुक रहेको बताइन् । खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खल्ती एपमार्फत फिल्म हेर्ने प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशिकाे यो टुर प्याकेजमा रहेको जानकारी दिइन् । 

फिल्मको मार्केटिङ हेड सुदीप दवाडीले पुरस्कार प्याकेजमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात तथा पाँच दिनको टुर प्याकेज समावेश गरिएको बताए ।  विजेता छनोट भने फिल्म प्रदर्शनको दुई साता पछि खल्तीको अफिसियल पेजमार्फत लक्की ड्र गरिनेछ । 

यो अफरमा केही सर्त छन् । जसअनुसार विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ । तीन महिनाको लागि मात्र निर्धारण गरिएको प्याकेज विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।



थाइल्याण्ड भिसाको लागि आर्थिक र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयंको हुनेछ । भिसा प्रोसेसिङको लागत विजेता स्वयंले बेहोर्नुपर्नेछ ।



  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १७:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया