नेपाली नाटक जापानमा प्रदर्शन गरिने

नेपाली नाट्यकर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।  

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताए । 'कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो,' अध्यक्ष पौडेलले भने । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ । 

केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा–१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौंको मण्डला थिएटरमा प्रदर्शन गरिएको जानकारी अध्यक्ष पौडेलले दिए । उक्त नाटक प्रदर्शन गर्न इन्द्रेणी थिएटरका अध्यक्ष एवं नाटकको लेखन निर्देशन केदारनाथ पौडेल र सोही संस्थाका कपील शर्मा र दीपेन्द्र पौडेल जापान जान लागेका छन् । 

नाटकको संगीत शिवहरि अर्याल र अर्जुन गुरुङले निर्माण गरेका छन् । नाटक तयार पार्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । 

०७६ मा स्थापना भएको इन्द्रेणी थिएटर स्थापनाकालदेखि नाटक तथा साहित्यका अन्य विधामा काम गर्दै आएको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १७:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया