मुम्बईविरुद्ध बैंग्लोर ८ विकेटले विजयी, विराट र फाफको सानदार ब्याटिङ

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा पाँचपटकको विजेता मुम्बई इण्डियन्सलाई ८ विकेटले हराउँदै बैंग्लोरले विजयी सुरुवात गरेको हो । 

मुम्बईले दिएको १ सय ७२ रनको लक्ष्य बैंग्लोरले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विराट कोहली र कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । ४९ बलको सामना गरेका कोहलीले ६ चौका र ५ छक्कासहित अविजित ८२ रन बनाए ।

त्यस्तै, डुप्लेसिसले ४३ बलमा ६ छक्का र ५ चौकाको सहयोगमा ७३ रनको इनिङ खेले । दिनेश कार्तिक शून्यमै आउट हुँदा ग्लेन म्याक्सवेल १२ रनमा अविजित रहे । मुम्बईका लागि क्यामरुन ग्रीन र अर्शद खानले एक/एक विकेट लिए । 

त्यसअघि बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो । 

उसका लागि तिलक वर्माले उत्कृष्ट पारी खेले । ४६ बलको सामना गरेका उनले ९ चौका ४ छक्कासहित अविजित ८४ रन बनाए । टी–२० क्रिकेट करियरमा तिलकको यो उच्च स्कोर हो । 

त्यस्तै, नेहल वढेराले २१, सूर्यकुमार यादवले १५ र इशान किशनले १० रन जोडे । अर्शद खानले अविजित १५ रनको योगदान दिए । बैंग्लोरका लागि कर्ण शर्माले दुई, मोहम्मद सिराज, माइकल ब्रेसवेल, अर्शल पटेल, आकाश दीप र रिसी टोप्लेले एक/एक विकेट लिए ।





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार ६:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया