उपेन्द्रलक्षित बाबुरामको टिप्पणी : उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपनिर्वाचनलाई सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै भट्टराईले यस्तो बताएका हुन् ।  

‘चुनाव केही वर्ष/महिनामा अमुक पार्टी, नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन । यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो । हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्‍याङ बन्दैछ, रोकौँ,’ भट्टराईले ट्विट गरेका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा पराजित भएर पनि यादव बारा–२ को उपनिर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । आगामी १० वैशाखमा बारा–२ सहित चितवन–२ र तनहुँ–१ उपनिर्वाचन हुँदैछ ।   





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १२:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया