डोटीको एक घरमा दिउँसै चितुवा पसेपछि.....

डोटीको सायल गाउँपालिका– ५ पटकानीको एक घरमा चितुवा पसेको छ । 

आज मंगलबार स्थानीय देवबहादुर बोगटीको घरमा चितुवा पसेको स्थानीय  तेज डुम्रेलले बताए ।

चितुवा घरभित्र पसेपछि स्थानीयहरू हेर्न जम्मा भएका थिए । ठूलो संख्यामा स्थानीहरू जम्मा भएर होहल्ला गरेपछि चितुवा दिउँसो घरबाट निस्केर जंगलतिर पसेको हो  ।  

बोगटीको घरमा चितुवा पस्नुलाई केहीले धार्मिकतासँग जोडेर हेरेका छन् ।

बोगटी देवताका धामीसमेत हुन् । चितुवा दिउँसै घरभित्र पसेपछि स्थानीयमा त्रास बढेको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १७:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया