धनगढीमा ५० शय्याको आयुर्वेद चिकित्सालय सञ्चालनमा

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन गरिएको छ ।

आयुर्वेदिक पद्धतिबाट सरल उपचार सेवा दिने उद्देश्यले केही महिना अघिबाट सेवा सुरु गरेको चिकित्सालयको आज बुधबार विधिवत रूपमा  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कम बहादुर शाहले उद्घाटन गरेका हुन् ।

सरकारले आयुर्वेदिक विधिको उपचार सेवालाई बिस्तार गर्ने योजनाका साथ सातै प्रदेशमा आयुर्वेद चिकित्सालय सञ्चालनका लागी संघ सरकारले बजेट विनियोजन गरेको थियो । प्रादेशिक आयुर्वेद अस्पताल प्रदेश सरकार मातहत राखिएको छ । 

चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारको ठूलो सम्पत्तिका रूपमा रहेको आयुर्वेद चिकित्सालयलाई प्रवर्द्धन गर्ने दायित्व प्रदेश सरकारकै रहने बताए । यसको संरक्षण सँगै थप सेवाका लागी प्रदेश सरकार आवश्यक पहल थाल्ने मुख्यमन्त्री शाहको छ ।

चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शय्याको स्वीकृति पाएको प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरु गर्ने योजना छ । चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टका अनुसार अहिले बहिरङ्ग, प्रयोगशाला र पञ्चकर्म–पूर्व कर्म, होमियोपेथी उपचार सेवा दिई रहेको छ । 

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षाघात र छाला सम्बन्धी समस्या भएका बिरामीको उपचार हुने गरेको उनले बताए । निकट भविष्यमै फिजियोथेरापी, अकुपञ्चर र योग सेवा सञ्चालन हुने छ । 





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १४:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया