६ हजार विद्यार्थीको सहभागितामा संस्कृति ज्ञान परीक्षा सम्पन्न

काठमाडौं–  हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा विगत वर्षहरूमा झैँ यस वर्ष पनि ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ सम्पन्न भएको छ । संघले हिन्दू धर्म, संस्कार र परम्पराबारे विद्यालय तहमै ज्ञान दिने उद्देश्यले टुँडिखेलमा आयोजित उक्त परीक्षामा उपत्यकाका तीन जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थी सहभागी भए । 

५० वटा वस्तुगत प्रश्न सोधिएको उक्त परीक्षामा ६८ जना विद्यार्थीले शतप्रतिशत सही जवाफ दिएका थिए । कक्षा–६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी परीक्षामा शतप्रतिशत जवाफ दिनेमध्ये गोला प्रथामार्फ पुरस्कार प्रदान गरिुएको थियो । 

गोलाप्रथाबाट ट्रिनिटी इन्टरनेसनल काठमाडौंका कक्षा–१२ का छात्र नीरजप्रसाद शाह प्रथम भए । त्यसैगरी, नाइटिंगेल मावि ललितपुरकी कक्षा–९ की छात्रा आयुषा शाह द्वितीय र समता स्कुल काठमाडौंकी कक्षा–९ की छात्रा सोभिक्षा दाहाल तृतीय भए । संघले उनीहरूलाई क्रमशः ५१ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित नगद पुरस्कार प्रदान गर्यो । 

बाँकीमध्ये गोलाप्रथाबाटै छानिएका २० जनालाई जनही एक हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । 





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार २०:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया