फ्राइडे रिलिज : नेपाली चलचित्र ‘बहाव’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत आजदेखि नेपाली चलचित्र ‘बहाव’ रिलिज भएको छ ।  

प्रमोद कँडेलको निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेका छन् । चलचित्रको लेखन र निर्देशक पनि कँडेलले नै गरेका हुन् ।

चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजलाई देशभर गरेर १३ शोज दिएको छ । १९ फागुनमा रिलिज भएको सिनेमा ‘छक्का पञ्जा–४’ले अझै पनि राम्रो शोज पाइरहेको छ । 

आज यो सिनेमाले क्यूएफएक्स चेनमा २० शोज पाएको छ । आजैबाट रिलिज हुने भनिएको ‘प्रसाद–२’ भने निर्माताबीचको विवादका कारण प्रदर्शन हुन सकेन ।  

उच्च अदालत पाटनले तत्काल रिलिज नगर्न अन्तरिम आदेश दिएपछि चलचित्र प्रदर्शन हुन नसकेको हो ।    





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार ८:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया