नयाँ वर्षको पूर्वसन्ध्यामा मणिग्राममा लियो क्लबको सांगीतिक कार्यक्रम

नयाँ वर्ष (२०८०) को पूर्वसन्ध्यामा लियो क्लब अफ भलवारी युथले सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नयाँ वर्षको स्वागतमा क्लबले भोलि (बिहीबार) रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम विश्रामवाटिका रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

साँझ ६ बजेपछि हुने कार्यक्रममा स्वप्न सुमन एण्ड द एसटर्सको बेजोड प्रस्तुति रहने क्लबका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए । कार्यक्रममा अनफरचुण्डब्याण्ड, डिजे अतुलको पनि प्रस्तुति रहने उनले बताए । सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिनेक्रममा क्लबले सांगीतिक कार्यक्रम गर्न लागेको भट्टराईले बताए ।

दुर्गा गुरुङले सञ्चालन गर्ने कार्यक्रमको प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको क्लबले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १२:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया