रविविरुद्ध विश्व पौडेलको टिप्पणी : ‘स्टन्टवाज’ लाई हराएर सबक सिकाऔँ

नेपाली कांग्रेसका नेता डा. विश्व पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेलाई ‘स्टन्टवाज’ को संज्ञा दिएका छन् ।

१० वैशाखको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपिल गर्दै उनले रविको आलोचना गरेका हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेलले लामिछानेले  ‘साइबर सेना’ राखेर आक्रमण गरिरहेको आरोप पनि लगाएका छन् ।  

‘मेरा मित्र जीतनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दुःखमा साथ दिनुभयो । सबैलाई खुसी बनाउन खोज्नुभयो । गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो । भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ,’ पौडेलले फेसबुकमा स्टाटस लेखेका छन्, ‘जित नारायण ‘स्टन्टवाज’ हैनन्, यी अगाडिपछाडि क्यामेरा लगाएर ‘स्टन्ट’ गर्दैनन्, अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन् । चितवनमा यसपालि जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ । रंगमा पोतिएका नीला स्याललाई बाघ मान्ने गल्ती अब नगरौँ ।’  

उनले गत ४ मंसिरको निर्वाचनमा आफूहरूले हार्दा गोजीमा नागरिकता नहुनेले देश बनाउने गफमा जनता भुलेको पनि टिप्पणी गरेका छन् ।

‘जसको गोजीमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले । सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी ? पानी ओसार्ने नौटंकी ? कोही स्थानीयले सिइओको जागिर पाए ? एअरपोर्ट गएर कसैलाई ल्याइयो ?,’ उनले प्रश्न गरेका छन् ।  





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १२:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया