आइपिएलमा आज चेन्नई र बैंग्लोरको भिडन्त, यस्तो छ सम्भावित प्लेइङ–११

भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्दै छन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ ।  

जारी संस्करणमा चेन्नई र बैंग्लोरले समान ४ म्याच खेल्दा २/२ मा जित र २/२ खेलमा हारको सामना गरेका छन् । दुवै टोली तेस्रो जितको खोजीमा छ । बैंग्लोर घरेलु मैदानको फाइदा उठाउँदै चारपटकको च्याम्पियन चेन्नईलाई हराउन चाहन्छ ।  

चेन्नई भने बैंग्लोरविरुद्ध गत संस्करणको हारको बदला लिँदै लयमा फर्कन चाहन्छ । गएको सिजनमा चेन्नईले बैंग्लोरसँग १३ रनको हार बेहोरेको थियो । 

हालसम्म यी दुई टोलीले ३१ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा चेन्नईले २० र बैंग्लोरले १० खेलमा जित हात पारेका छन् । चेन्नई–बैंग्लोरबीचको एक खेल भने नतिजाविहीन भएको छ । आइपिएल २०२३ मा पनि चेन्नईमा महेन्द्र सिंह धोनी र बैंग्लोरमा फाफ डु प्लेसिस कप्तान रहेका छन् ।  

चेन्नईको सम्भावित प्लेइङ–११ : डेभन कन्वे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी (कप्तान/विकेटकिपर), मेहिश थिक्क्षणा, मिचेल सान्टनर, आकाश सिंह र तुषार देशपाण्डे ।

इम्प्याक्ट प्लेयर : अम्बाती रायडू, शुभ्रांशु सेनापति, शेख रसिद र राजवर्धन हंगेरगेकर ।



बैंगलोरको सम्भावित प्लेइङ–११ : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर), सुयश प्रभुदेसाई, वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज र वेन पार्नेल ।

इम्प्याक्ट प्लेयर : विजयकुमार वैशाक, डेविड विली, आकाश दीप, करण शर्मा र अनुज रावत ।  



  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार ९:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया