कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलकाे निर्णय

नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले यस्ताे निर्णय गरेकाे हाे । 

नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री राजकुमार शर्माले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । आज बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । 

कांग्रेस र माओवादीबीच सत्ता सहकार्यमा लिखित सम्झौतापछि कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेकाे हाे । जसअनुसार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेश सरकारकाे कार्यकाल आधाआधा चलाउने सहमति भएकाे छ। 

आइतबार नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लको रोहबरमा मुख्यमन्त्री राजकुमार शर्माको निवासमा लिखित सहमति भएको हो । सहमतिपत्रमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा माओवादीका दलका नेता एवम मुख्यमन्त्री राजकुमार शर्माले हस्ताक्षर गरेका छन् । 

कर्णाली प्रदेशमा अब आठ मन्त्रालय बनाइने भएको छ।जसमध्ये कांग्रेसले तीन मन्त्रालय पाउने भएको छ ।





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १७:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया