मतदातासँग गगनकाे आग्रह : चितवन-२ लाई परीक्षणस्थल बनाउन नदिनुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोक रिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने बताएका छन् । 

साेमबार चितवन-२ को चुनावी सभामा बोल्दै उनले लोकरिझाइँको राजनीतिले २/४ दिन रमाइलोबाहेक केही नहुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकाे नाम नलिइ उनले भने, ‘लोकरिझाइँको राजनीतिमा के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईंलाई जे सुन्न मन लागेको छ, त्यही भन्दिने हो।’

लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था आउन नदिन उनले चितवन-२ का मतदातासँग आग्रह गरे । साे क्षेत्रलाई परीक्षणस्थल हुन नदिन आग्रह गर्दै उनले भने, 'उपनिर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’

संसदमा प्रधानमन्त्रीलाई सर्वाधिक प्रश्न गर्ने सांसदका रुपमा आफू उभिने प्रतिबद्धता जनाउँदै उनले भने,‘अब पाँच वर्ष संसदमा सबैभन्दा प्रश्न गर्ने सांसदका रुपमा मलाई पाउनुहुनेछ । पाँच वर्षमा राम्रो गरेनौ भने भुइँमा पछार्छौं भन्ने सन्देश दिएर जिताएर पठाउनुस् ।’

पार्टी सभापति शेरबहादुर देउवा र आफूसँग चित्त नबुझेको भए त्यसको सिकार कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई नबनाउन उनले मतदातासँग आग्रह गरे ।





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार १८:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया