प्रधानमन्त्रीलाई एमालेको प्रश्न : सरकार बन्न दशक लाग्छ कि शताब्दी लाग्छ ?

नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको टिप्पणी गरे । 

सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भन्दै सत्तारुढ गठबन्धनलाई कटाक्षसमेत गरे । सरकारलाई संसदप्रति जवाफदेही हुन पनि उनले सचेत गराएका छन् । 

सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रस्ट ढंगले राखेर अघि बढ्नुपर्ने माग गर्दै सांसद आचार्यले भने, ‘सरकार गठन भएको ६ महिना झण्डै आधी वर्षसम्म भईसक्दा पनि पूर्णता नपाउने, मन्त्रालय खाली हुने, जनताले सेवा नपाउने, विकासका काम अलपत्र पर्ने खालको अवस्था अहिले विद्यमान छ । यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नुहुन्छ ?’

संसदको काम सरकार बनाउनका लागि वा प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै नभएको भन्दै उनले प्रशन गरे– सरकार बन्न कति वर्ष लाग्छ ? अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा शताब्दी लाग्छ कि ? 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १५:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया