कर्णालीमा कांग्रेसबाट यी हुन् तीन मन्त्री

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले सरकारमा पठाउने तीन मन्त्रीको नाम टुंगो लगाएको छ। ​कांग्रेसले तीनजना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो । 

जसअनुसार सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित वेदराज सिंह र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसी मन्त्रीका लागि सिफारिस भएका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनीहरुको नाम सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजनामन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन्।

कांग्रेस र माओवादी केन्द्रबीच ०७८ वैशाखमा भएको सहमतिअनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।

सो प्रदेशमा कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति भइसकेको छ । 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार २३:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया