कर्णालीमा कांग्रेसका यी तीन मन्त्रीले लिँदैछन् सपथ

कर्णाली प्रदेश सरकारमा थप तीन मन्त्रीले आज बुधबार सपथ लिँदैछन् । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज साँझ पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् ।

सामाजिक विकास मन्त्रालय खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्रालय बेदराज सिंह र वन तथा वातावरण मन्त्रालय कृष्णकुमार बिसीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् । 

मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले ती तीन जनालाई सरकारमा पठाउने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १०:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया