उद्याेग क्षेत्रले वातावरणमा पारेको असर न्यूनीकरण सम्बन्धमा छलफल

उद्याेग क्षेत्रले वातावरणमा पारेको असर न्यूनीकरण सम्बन्धमा उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ । उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको संयोजकत्वमा साे छलफल भएको हाे ।

छलफलमा उद्योग परिसंघ, विभिन्न उद्योगी, सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा संघ, प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रममा उद्योग क्षेत्रबाट पर्न सक्ने असर न्यूनीकरणका विषयलाई समावेश गर्नुपर्ने मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले बताए । त्यसैगरी इआइए/आइइ स्वीकृत गर्ने निकायहरुले स्वीकृत प्रतिवेदनमा उल्लेखित न्यूनीकरणका उपाय पालना गरे/नगरेको विषयमा नियमित अनुगमन गर्ने विषयमा पनि छलफल भएको थियो । 

त्यस्तै, मन्त्रालयमा पर्साको सिर्सिया नदीमा प्रदूषण नियन्त्रणका लागि परियोजना सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो ।  

छलफलमा उपस्थित उद्याेगीले उद्याेगमा देखिएका विभिन्न समस्याबारेमा मन्त्री रिजाललाई जानकारी गराएका थिए । मन्त्री रिजालले आफू उद्याेगीहरुकै पक्षमा रहेको भन्दै समस्या समाधानका लागि हरप्रयास गर्ने बताए । 





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार १८:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया