मोदीको चुनावी कुटनीति : कुम्भमा डुबुल्की मारे, सफा गर्नेको खुट्टा धोए

एजेन्सी– यो वर्ष भारतमा लोकसभा निर्वाचन हुँदै छ । त्यसैले त्यहाँका राजनीतिक दलहरु चुनाव प्रचारमा केन्द्रित हुन थालिसकेका छन् । यसरी चुनावी प्रचारमा सबैभन्दा अगाडि देखिएको छ, सत्तारुढ दल भारतीय जनता पार्टी । 

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहमात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चुनावलाई लक्षित गर्दै विभिन्न अभियान सुरु गरेका छन् । त्यहीमध्ये एक आइतबार मोदी कुम्भ मेलामा पुगे ।

त्यहाँ उनले कुम्भमा डुबुल्की मात्र मारेनन्, कुम्भ मेला व्यवस्थापनका सफाइकर्मीको खुट्टा पनि धोए । मोदीको यो कदमलाई सामाजिक सन्जाल ट्विटरमा अनेक प्रतिक्रिया मिलेका छन् । कतिपयले उनको यो कार्यलाई आलोचना गरेका छन् ।

तर, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले भने मोदीलाई दोस्रो महात्मा गान्धी भनेका छन् । उनले ट्विटरमा लेखेका छन्– महात्मा गान्धीपछि भारतीय नागरिकलाई सच्चा सम्मान गर्ने नेता नै मोदी हुन् । 





  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार ०:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया