उपेन्द्र यादवलाई सिके राउतको बधाई

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन् ।   

उनले सामाजिक सञ्जालमार्फत यदावलाई बधाई दिएका हुन् । ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई’, जनमत अध्यक्ष राउतले लेखेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयका साथ वहन गरेको छ ।’

राउतले आफ्ना उम्मेदवार हारे पनि जनमत पार्टीले पनि जनताको अगाध माया पाएको उल्लेख पनि गरेका छन् । 

‘जनमत पार्टीको तर्फबाट हामीलाई मतदान गर्नुहुने सम्पूर्ण कोटिकोटि प्रणाम तथा जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै धेरै धन्यवाद,’ राउतले भनेका छन् ।    





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार ९:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया