वीर अस्पतालको छतको गाराे भत्किँदा घाइते चारैजना सर्वसाधारण

वीर अस्पतालको पुरानो भवनको छतको गाराे भत्किँदा चारजना घाइते भएका छन्। गाराे भत्किँदा खसेको इँटाले लागेर उनीहरू घाइते भएका हुन् ।

दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारणलाई लागेको हो। 

माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वधारणमाथि खसेको थियो। ती इँटाले लागेर चारजना घाइते भएका हुन्। 

उनीहरुलाई तत्कालै उद्धार गरेर उपचारका लागि भर्ना गरिएको छ। तर, घाइते सबैजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १५:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया