सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धिमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘वि.सं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए । नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु,’ उनले भने ।

श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५  लगायतका विभिन्न ऐन कानुनको निर्माण भएको बताए । 

सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार १२:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया