उपेन्द्र यादवले सांसदको शपथ आज लिँदै

१० वैशाखमा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिँदै छन् ।

यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् । यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

१० वैशाखमा भएको उपनिर्वाचनबाटै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार नै प्रतिनिधि सभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । शुक्रबार काठमाडौं बाहिर रहेका कारण यादव शपथ लिन छुटेका थिए ।    





  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार ९:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया