नक्कली भुटानी शरणार्थी प्रकरण : इन्द्रजितका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी

नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको आरोपमा इन्द्रजित पक्राउ परेपछि उनको छोराविरुद्ध पनि पक्राउ जारी भएको हो । 

निरज हाल फरार छन् । इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक-पटक गरी ५ करोड रकम लिएको पाइएको छ ।  

गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ भने १२ चैतमै पक्राउ परेका थिए । 





  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार १३:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया