प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू भएको भए अहिले अमेरिकामाथि हुन्थ्यौँ : वामदेव गाैतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताएका छन् । 

सोमबार राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले संसदीय व्यवस्थाको विरोध गरेका हुन् । गौतमले दुई/दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए ।   

‘दुई/दुई महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो यो व्यवस्था हाम्रो देशलाई बर्बाद गर्ने व्यवस्था भनेको संसदीय व्यवस्था हो । राजा फालेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरेको भए आज हामी अमेरिका, स्विटजरल्याण्डभन्दा माथि हुन्थ्यौँ,’ गौतमले भने, ‘हामी राम्रो व्यवस्थामा जाने हो भने संविधान शंसोधन गरेर सबैभन्दा पहिला प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ,’ गौतमले भने । 

उनले अहिलेको निर्वाचन प्रणाली अल्पमतको निर्वाचन प्रणाली भएको पनि टिप्पणी गरे । 
 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १२:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया