निरीक्षकले परीक्षा हलबाट बाहिर निकालेपछि आत्महत्या

परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि चितवनमा एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन् । चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले आत्महत्या गरेकी हुन् ।

मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको, तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ । उनले परीक्षा सकिएपछि कोठामा गएर आत्महत्या गरेकी हुन् ।

पाल्पा रामपुर स्थायी ठेगना भएकी मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका हुन् ।





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार १९:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया