स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। 

बैठकमा बोल्दै उनले भने, ‘हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको कृषि हो तर यही क्षेत्रलाई सबैभन्दा बेवास्ता गरिएको छ । जब यो हाम्रो हो भने यसमै सबैभन्दा धेरै लगानी गरेर यसलाई उठाउनुपर्छ । अनिमात्रै हामी अघि बढ्न सक्छौँ, अहिले बेवास्ता गरेको बेलामा पनि ३० प्रतिशत बढी हिस्सा अर्थतन्त्रको यसले ओगटेको छ ।’

उनले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए । उनले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताए । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताए । उनले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताए । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गरे ।

‘हामीले महत्वपूर्ण मानेर लगानी बढाउने हो भने जति यहाँ उत्पादन गर्नसक्छौँ, त्यत्ति नै विदेश निर्यात गर्नसक्छौँ । त्यो वातावरण हामीसँग छ । हाम्रो देशको मुल अर्थतन्त्र कृषि हो, कृषि कमजोर भइरह्यो भने हामी सधैं गरिब भइरहन्छौँ’,  उनले भने, ‘कृषि हाम्रो सदाकालको अर्थतन्त्र हो, यसलाई हामीले विकास गर्न नसके हामी अघि बढ्न सक्दैनौँ । नयाँ व्यवस्था आएको छ, तीन सरकार छन्, स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिऔँ तर कृषि फर्ममा आधारित हुनुपर्छ । एकै वर्षमा हामीले आत्मनिर्भर बनाउनसक्छौँ नेपाललाई । कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसके आत्मनिर्भर बन्न समय लाग्दैन ।’





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १७:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया