नेपाल टेलिकमले थप्याे अन्तर्राष्ट्रिय रोमिङ सुविधा

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सुविधा थप गरेको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी टेलिकमले बुधबार एक सूचना जारी गर्दै साेबारे जानकारी गराएकाे हाे ।  

अब नेपाल टेलिकमको सिम कार्ड लिएर विदेश भ्रमणमा जाँदा जो-कोहीले आफ्नो मोबाइल फोनमा रोमिङ सेवा प्रयोग गर्न सक्ने सूचनामा जनाइएको छ । 

सेवाग्राहीले उही मोबाइल नम्बरमा विश्वभरका कुनै पनि ठाउँमा कल गर्न वा प्राप्त गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ । 

यसबाहेक अन्तर्राष्ट्रिय रोमिङकाे सन्दर्भमा आउटबाउन्ड रोमिङ र इनबाउन्ड रोमिङ सेवा प्रयोग गर्न सकिनेछ । 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १७:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया