सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
फाइल फाेटाे

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताइन् । 

सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको मन्त्री शर्माले बताइन् । ‘सरकारले राम्रो कामको सुरुआत गरेको छ’, उनले भनिन् । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुजबुझका साथ अगाडि बढाएको मन्त्री शर्माको भनाइ छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र सिङ्गो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताइन् । ‘राजनीतिक उपलब्धिको रक्षा गर्न सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ’, मन्त्री शर्माले भनिन्, ‘गणतन्त्र, समावेशिता र सङ्घीयतामाथि चौतर्फी आक्रमण भइरहेको छ, यो व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध एक हुन आवश्यक छ ।’ 

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको उनको भनाइ छ । सरकार सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भनेर लागिपरेको जिकिर गर्दै मन्त्री शर्माले भनिन्, ‘हिजो मात्रै सरकारले नीति कार्यक्रम ल्याएको छ, सञ्चारमाध्यमलाई ज्ञानको उद्योगका रुपमा विकास गर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयन गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका छौँ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ । बजेटमार्फत थप व्यवस्थित गरिनेछ ।’ 





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार १३:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया