प्रताप दासको स्वरमा रहेको ‘प्रेमरोगी’ गीतको भिडियो सार्वजनिक

गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सागर खनाल, प्रतीक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन् । भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ ।

प्रेमभावको गीतमा सागर र प्रतीक्षाको बाल्यकालीन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ । 

हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायांकन छ ।





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार १९:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया